विश्वभरका नेपाली युवा उद्यमी जोड्दै फिने, गण्डकीको संयोजकमा कृष्ण आचार्य
पाेखरा | असार २९, २०८२
पोखरा: अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) ले नेपाली युवा उद्यमीलाई विश्वभर जोड्दै छ ।
फिनेले नेपालबाट युवा उद्यमीलाई जोड्नका लागि प्रदेशहरु कमिटि विस्तारमा लागेको बताएको छ । बागमती प्रदेशमा कमिटि गठन गरी सकेको र गण्डकी प्रदेशमा कमिटि गठनका लागि संयोजक तोकेको फिनेका आइसी महासचिब दिपेन घलेले बताए ।
गण्डकी प्रदेशमा पर्यटन व्यवसायी कृष्ण आचार्यलाई संयोजक तोकेको छ । अगस्ट २ तारिकमा पोखरामा भेला गरेर समिति बनाउने आचार्यले बताए ।
विदेशमा भएका नेपाली उद्यमीहरूले नेपालसँग जोड्न संस्थाको स्थापना गरेको महासचिब घलेले बताए । उनले फिने विश्वभर छरिएर रहेका नेपाली उद्यमीहरूलाई जोड्ने विश्वव्यापी सञ्जाल बनेको बताए । उनले अहिले सम्म १२ देशमा कमिटि विस्तार भैसकेको र अन्य देशमा पनि थपिदै जाने बताए ।
नेपालमा पहिले सबै प्रदेशमा कमिटि गठन गरेपछि नेपाल कमिटि बनाउने महासंघका नेपाल संयोजक रामशरण थापाले बताए । उनले संस्थाको उद्देश्य सहयोग, मार्गदर्शन, र व्यवसायिक अवसरहरूको माध्यमबाट नेपाली उद्यमीहरूलाई सशक्त बनाउने रहेको उल्लेख गरे ।
युवा उद्यमीहरूलाई जोड्ने, व्यापार तथा लगानी प्रवद्र्धन गर्ने र विश्वव्यापी नेपाली व्यवसायिक समुदायको दिगो विकासलाई अघि बढाउन महत्वपूर्ण मञ्च भएको उनको भनाई छ ।
कार्यक्रममा बागमति प्रदेश कमिटीका संयोजक कृष्ण खतिवडा, सल्लाहारका रामकुमार थपलिया लगाएतले शुभकामना दिए ।
पोखरा: १४ ओेैं पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । युनाइटेड क्लव पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ ओैं पोखराको महोत्सवको तयारी त...
पोखरा: पोखरामा बुधबारदेखि १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतिय...
काठमाडौं: नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनचाँदी व्यवसायमा देखिएका विद्यमान कानुनी जटिलता र करका दरहरूमा सुधार गर्न माग गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । ...

